तिमी हुँदा सम्झना सबै थिए ।

गएको धेरै भए’छ । सम्झना पनि बिस्तारै मानसपटलबाट बिलिन हुँदा पनि रहेछन । कुनै दिन याद रहन्थे, तिम्रा रहर, तिम्रा रुची, तिम्रा सपना, तिम्रा बानी अनि तिम्रा साथहरु । बर्ष बित्दै गएपछी यि सबै कुराहरु पनि संगै बित्दा रहेछन ।
हिजो तिम्रो जन्मदिन त्यो पनि मैले भुलेछु । कति स्वर्थी हुनसक्छन मनिसहरु समय संगै सबै कुराहरु भुलाउन सक्छ । जुन समय तिम्रो आवश्क्ता तिमी धेरै टाढा गयौ । खुशी,रहर,इच्छा अनि सबै कुराहरुलाई परीत्याग गरी सबैलाई छोड्यौ ।
हामी सँग त तिम्रो सम्झना छ । तिमी सँग पनि होला । तिम्रो सम्झना देखिदैन सायद, हाम्रो सम्झनामा पनि बिस्तारै कुहिरो लाग्दै छ । त्यसैले त होला तिम्रो जन्मदिन पनि भुलिन्छ । तिम्रा सबै कुराहरु पनि बिर्सिन्छ । मलाई माफ गर तिमीसँग जोडीएका प्राय: कुराहरु धेरै गर्न सक्दिन । आँखा रसाएर आउछ । म भगवान सँग तिम्रो बिषयमा धेरै गुनासो रख्दिन । जे भयो जस्तो जस्तो भयो सायद…… । तर भगवान सँग यति चै भन्न चाहन्छु कि मैले तिम्रो जन्मदिन बिर्सिए तर तिमीले हामीसबैलाई छोडेर गएको दिन, संसारबाट बिदा लिएको दिन, आफ्नो भौतिक शरीरलाई छोडेको दिन र तिमीले कष्ट माथि पाएको सांसारिक विजयको दिन अरुले सम्झिए पनि नसम्झिए पनि मलाई सम्झने शक्ति दिउन ।
तिमी जहाँ भएपनि, संसारको लागि तिम्रो अस्तित्व नभए पनि मेरो लागि तिमी छौ र सदैब रहिरहने छौ । जन्मदिनको शुभकामना । । ।