एउटा टिरिक – हाइकु

Subtext
धेरै दिन देखी दिमागमा केहि लेख्ने उर्जा उम्लिएको थियो । तर के लेख्ने ? मन अलमलमा थियो । 
मन छोएको अनि सञ्चार माध्यममा धेरै नै आएको महिला हिंसाको बिषयमा लेख्ने सोच त गरे तर लेख्ने कुरा यति धेरै भेटिए कि कहाँ बाट शुरु गर्ने अनि कहाँ अन्त्य गर्ने भन्ने मेलोमेसो नै पाइएन् । 
अनि खोज्न थाले टिरिक ।
खोज्यो भने भगवान त भेटिन्छ भने टिरिकको त के कुरा । भेटियो एउटा गजबको टिरिक – हाइकु । 
 
Sketch by : Sourish
दण्डहिनता
मौनताको कारण
रातो चन्द्रमा
यो भावना दण्डहिनता अन्त्यको निम्ति । 
यो भावना मुर्दाशान्ति बिरुद्धको निम्ति ।। 
यो भावना समस्त पुजनिय नारीका निम्ति ।।।

Leave a Reply