आशंका (बम-गोली-बन्दुक)

Audiography
द्वन्द र यसका दुःसपरिणामलाई आजको विश्व परिदृष्यमा यस नाटकले हल्का स्पर्श गर्न खोजेको छ । यो आशंका लेखकको, रेडियो नाटकको र विश्वकै आशंका हो । कतै यो आशंका दुभाग्यपूर्ण सत्य नबनोस् । हामी यहि कामना गर्छौ । भोलिको दिन पारिलो घाम बोकेर आओस । आशंकाका बादल हटुन र सर्वत्र शान्ति छाओस ।
सधै आँखा अगाडी देखेको मान्छे ओझेलिदा फरक अनुभव हुनु र मनमा आशंकाले स्थान पाउनु नौलो कुरा हैन । भित्तामा झुण्डाएको तस्वीरलाई निकालेर अर्को ठाउँमा झुण्डाउदा त कोठा खालि खालि लाग्छ भने प्राण भन्दा प्यारो ब्यक्ति सदाको लागि आफु भन्दा टाढा जादाँ मनमा भक्कानो पर्नु त स्वभाविक हो । तर जब यहि भावना एक ब्यक्तिको नभई धेरैको र धेरैको पनि नभई जब देश अनि विश्वको हुन्छ अनि यसले आफ्नो रुप निराकार बनाउछ । जहाँ कुनै पनि कुरा सहज र असत्य भन्दा पनि नगण्य हुन्छ । जव यस्तो भाव मनमा उत्पन्न हुन्छ यसले स्वयंमलाई पनि राम्रो गर्दैन र संगैको संगतलाई पनि राम्रो गर्दैन । यी यस्तै भावना र मनोदशालाई प्रा. गोविन्द प्रसाद घिमिरेले आफ्नो एकाङ्की नाटक ‘आशंका’ मा ब्यक्त गरेका छन । ‘आशंका’ रङ्गमञ्चीय नाटक भए पनि यसलाई प्रयोगात्मक रेडियो नाटकको रुपमा प्रस्तुत गरिएको छ । आशा छ यो प्रयोग रेडियो नाटकको क्षेत्रमा एउटा राम्रो अवसर बनेर रहनेछ ।

 रेडियो नाटकको बारेमा केहि भन्न मनलागेको थोरै कुरा ….
नेपालमा रेडियो नाटकको लेखन र प्रशारण रेडियो नेपालको स्थापना भएको दोस्रो बर्ष देखि आरम्भ भएको हो । लगभग ५५ बर्षको अवधिमा रेडियो नेपालबाट सात सय भन्दा बढि नै नाटक प्रशारित गरिएको अनुमान छ । तर नेपाली रेडियो नाटकको स्वर्ण उत्सव मनाउन पनि रेडियो नेपालले कुनै चासो देखाएन । किनभने रेडियो नाटकले आफ्नो स्वर्ण बर्षमा पुग्नु अगावै रेडियो नेपालले रेडियो नाटकको निमार्णकार्य नै प्राय बन्द जस्तै गरेको देखिन्छ ।
त्यति वेला हामी सँग रेडियो नाटकको सैद्धान्तिक सामाग्रीको अभाव पक्कै थियो र यसैकारणले गर्दा पनि प्रशारण भएका रेडियो नाटकहरु विशुद्ध रेडियो नाटक नभएर रङ्गमञ्चीय नाटकहरु नै थिए । आज सम्म पनि रेडियो नाटकले आफ्नो मौलिक पहिचान पाउन सकेको छैन । पछिल्लो समयमा आएर ब्यवसायिक रुपमा खुलेका एफएम रेडियोहरुले रेडियो नाटकलाई आफ्नो प्रशारित कार्यक्रमहरुको सूचीमा नराख्नु पनि यसको एउटा प्रमुख कारण हो । आधुनिकिकरण भएको रेडियो कार्यक्रमहरुको प्रकृतिमा रेडियो नाटकले आफ्नो स्थान पाउन नसक्नु धेरै दुःख लाग्दो कुरा हो ।
रेडियो नाटकको लोकप्रियताको कुरा गर्ने हो भने जुनवेला रेडियो नेपालबाट प्रशारण भएका नाटकहरुको भन्दा अहिले निजी क्षेत्रबाट निर्माण भएका र रेडियो नेपाल तथा थोरै एफएम रेडियोबाट प्रशारण भएका रेडियो नाटक अझ बढि लोकप्रिय छन । हाल प्रशारण भएका नाटकहरु विभिन्न गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सामाजिक जनचेतना र विकासका लागि निर्माण भैरहेका छन । यो एउटा राम्रो पक्ष हो रेडियो नाटकको लागि ।

2 comments

Leave a Reply